खेलकुद

ताजकिस्तान एशियन कपको क्वाटरफाइनलमा

काठमाडौँ । ताजकिस्तान पहिलो पटक एशियन कपको क्वाटरफाइनलमा पुगेको छ ।

गएराती सम्पन्न राउण्ड १६ को खेलमा ताजकिस्तानले पेनाल्टी सुटआउटमा युएईलाई ५-३ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो ।

यस अघि निर्धारित ९० मिनेटमा १-१ गोलको बराबरीमा खेल सकिएपछि ३० मिनेटको अतिरिक्त समय गोलरहित बराबरीमा खेल रोकिएपछि खेलको निर्णय पेनाल्टीबाट गरिएको थियो ।

खेलको ९० मिनेटपछिको अतिरिक्त समयमा युएईले गोल गर्दै खेलमा कमब्याक गरेपछि खेल पेनाल्टी सुटआउटसम्म पुगेको थियो ।

ताजिकिस्तानका लागि भख्डत खानोनोभले खेलको ३०औं मिनेटमा गोल गरेका थिए भने युएईका लागि खालिफा अल हम्मादीले एक गोल गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *