खेलकुद

जितसँगै तेस्रो स्थानमा उक्लियो एटलेटिको म्याड्रिड

काठमाडौँ । एटलेटिको म्याड्रिडले भलेन्सियालाई पराजित गर्दै स्पेनिस ला लिगाको तेस्रो स्थानमा उक्लिएको छ ।

गएराती सम्पन्न खेलमा एटलेटिको म्याड्रिडले भलेन्सियालाई २-० गोल अन्तरले पराजित गरेको हो ।

एटलेटिको म्याड्रिडको जितमा सामुएल लिनो र मेम्फिस डिपेले एक एक गोल गरेका थिए ।

यो जितपछि एटलेटिको म्याड्रिडको २१ खेलमा ४४ अंक भएको छ र लिगमा तेस्रो स्थानमा उक्लिएको छ । समान ४४ अंक भएको बार्सिलोना गोल अन्तरका आधारमा चौथो स्थानमा झरेको छ ।

त्यसैगरी भलेन्सियाको भने यो यस सिजनमा आठौँ हार हो । भलेन्सियाको २२ खेलमा ३२ अंक रहेको छ र लिगमा आठौँ स्थानमा रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *