खेलकुद

अस्ट्रेलियामाथि वेस्टइण्डिजको ८ रनको रोमाञ्चक जित

काठमाडौँ । वेस्टइण्डिजले अस्ट्रेलियाविरुद्धको दोस्रो टेस्टमा रोमाञ्चक जित हासिल गरेको छ । टेस्टको पाँचौं दिन वेस्टइण्डिजले अस्ट्रेलियालाई ८ रनले पराजित गर्दै सिरिज बराबरी गरेको हो ।

वेस्टइण्डिजले दिएको २१७ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले २०७ रन बनाएर अल आउट भएपछि खेल ८ रनले हारेको हो । यस टेस्टमा वेस्टइण्डिजले पहिलो इनिंगमा ३११ रन बनाएको थियो भने दोस्रो इनिंगमा १९३ रन बनाएर आउट भएको थियो ।

त्यस्तै अस्ट्रेलियाले पहिलो इनिंगमा २८९ रन बनाएर पारी घोषणा गरेको थियो भने दोस्रो इनिंगमा २०७ रन मनाएको थियो ।

योसँगै अस्ट्रेलिया र वेस्टइण्डिजबीचको २ खेलको टेस्ट सिरिज १-१ ले बराबरी भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *