काठमाडौँ । त्रिभुवन आर्मी क्लबका कप्तान विनोद भण्डारीले जारी पीएम कपमा दोस्रो शतक प्रहार गरेका छन् ।
आइतबार टियु मैदान किर्तिपुरमा कर्णाली प्रदेशविरुद्धको खेलमा भण्डारीले शतकीय पारी खेलेका हुन् । उनले १३२ बलमा १०० रन बनाउदै अविजित रहेका थिए । यस प्रतियोगितामा यो उनको दोस्रो शतक हो । उनले यसअघि मधेश प्रदेशविरुद्ध ११३ रनको पारी खेलेका थिए ।
यस खेलमा आर्मीका बसिर अहमदले अविजित ९८ रन बनाएका थिए ।
कर्णालीविरुद्ध आर्मीले ५० ओभरमा ५ विकेट गुमाउदै २७९ रन बनाएको छ ।




