खेलकुद

पीएम कपमा एपीएफको चौथो जित

काठमाडौँ । एपीएफ क्लबले गण्डकी प्रदेशलाई फराकिलो अन्तरले पराजित गरेको छ ।

शनिबार मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा एपीएफले गण्डकी प्रदेशलाई ८८ रनले पराजित गरेको हो । एपीएफले दिएको २०८ रनको लक्ष्य पछाएको गण्डकी प्रदेशले ३३.४ ओभरमा अलआउट हुदै ११९ रन मात्र बनाएको थियो ।

यस अघि पहिला ब्याटिंग गर्दै एपीएफले ४७.२ ओभरमा अलआउट हुदै २०७ रन बनाएको थियो ।

जारी पीएम कपमा एपीएफको यो चौथो जित हो । ७ खेलमा ८ अंक हासिल गरेको एपीएफ छैटौं स्थानमा छ भने अब लिगमा दुई खेल खेल्न बाँकी रहेको छ ।

त्यसैगरी गण्डकी प्रदेशको भने यो पाँचौं हार हो । ७ खेलमा २ खेल जितेको गण्डकीको ४ अंक रहेको छ र आठौँ स्थानमा छ ।

अब गण्डकीले सोमबार नेपाल पुलिस क्लबसँग खेल्ने छ भने एपीएफले मंगलबार सुदूरपश्चिमको सामना गर्ने छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *