खेलकुद

अफगानिस्तानलाई हराउदै नेपाल यू-१९ विश्वकपको सुपर सिक्समा

काठमाडौँ। नेपालले अफगानिस्तानलाई १ विकेटले पराजित गरेर जारी यू-१९ विश्वकपको सुपर सिक्समा पुगेको छ ।

अफगानिस्तानले दिएको १४६ रनको लक्ष्य पछाएको नेपालले ४४ .४ ओभरमा नवौँ विकेट गुमाउदै लक्ष्य पुरा गरको थियो ।

यस अघि पहिला ब्याटिंग गर्दै अफगानिस्तानले ४०.१ ओभरमा अल आउट हुदै १४५ रन बनाएको थियो ।

यो जितपछि नेपाल समुह डी बाट तेस्रो हुदै सुपर सिक्समा पुगेको छ । यस समुहबाट न्यूजील्याण्ड र पाकिस्तान यसअघि नै सुपर सिक्समा पुगिसकेका छन् ।

यो हारसँगै अफगानिस्तान समुह चरणबाट बाहिरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *