खेलकुद

पीएम कपमा कोशीको लगातार आठौँ हार

काठमाडौँ । जारी पीएम कपमा कोशी प्रदेशले आठौँ हार बेहोरेको छ ।

बुधबार सम्पन्न खेलमा सुदूरपश्चिम प्रदेशले कोशी प्रदेशलाई ८ विकेटले पराजित गरेपछि कोशीले लगातार आठौँ हार बेहोरेको हो ।

कोशी प्रदेशले दिएको १२४ रनको लक्ष्य पछाएको सुदूरपश्चिम प्रदेशले २१.१ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

यस अघि कोशीले पहिला ब्याटिंग गर्दै ३२ ओभरमा अलआउट भएर १२३ रन बनाएको थियो ।

यो जितपछि सुदूरपश्चिम प्रदेशले ५ खेलमा चौथो जित हासिल गर्दै ८ अंक बनाएको छ र दोस्रो स्थानमा रहेको छ । त्यस्तै कोशी प्रदेशले भने लगातार आठौँ हार बेहोरेको छ ।

अब सुदूरपश्चिमले अर्को खेल विहिबार बागमती प्रदेशसँग मुलपानी मैदानमा खेल्ने छ भने कोशी प्रदेशले आफ्नो अन्तिम खेल आउदो मंगलबार टियु मैदानमा लुम्बिनी प्रदेशसँग खेल्ने छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *