खेलकुद

लगातार तेस्रो हारपछि एसियन कप फुटबल प्रतियोगिताबाट बाहिरियो भारत

काठमाडौँ । एसियन कप फुटबलमा भारत समूह चरणको सबै खेलमा हारेर प्रतियोगिताबाट बाहिरिएको छ । हिजो भएको समूह चरणको अन्तिम खेलमा सिरियासँग १–० ले हारेपछि भारतले सबै खेल हारेको हो ।

यस्तै समूह बी को अर्को खेलमा अष्ट्रेलिया र उज्बेकिस्तान १–१ को बराबरी खेल्दै समूहको पहिलो र दोस्रो हुँदै नकआउटमा पुगेका छन् । अष्ट्रेलियाको ३ खेलमा ७ अङ्क छ भने उज्वेकिस्तानको ५ अङ्क छ । सिरिया ४ अङ्क सहित तेस्रो स्थानमा छ ।

यसैबीच गए राति भएको समूह सी को खेलमा प्यालेस्टाइनले हङकङलाई ३–० गोलले हराएको छ । अर्को खेलमा इरानले युनाइटेड अरब इमिरेट्स यूएईलाई २–१ गोलले हराएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *