खेलकुद

अल्मेरियामाथि रियल म्याड्रिडको संघर्षपूर्ण जित

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले अल्मेरियामाथि संघर्षपूर्ण जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले अल्मेरियालाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।

रियल म्याड्रिडको जितमा खेलको ९९औ मिनेटमा डानी कार्भाजलले निर्णायक गोल गरेका थिए ।

यस अघि रियलले २-० ले पछि परेको अवस्थामा खेलमा कम ब्याक गरेको थियो । रियलका लागि जुडे बेलिङघम र भिनिसियस जुनियरले एक एक गोल गरेका थिए ।

त्यस्तै अल्मेरियाले खेलको पहिलो हाफमा २ गोल गरेर रियल म्याड्रिडमाथि दबाब बनाएको थियो । अल्मेरियाका लागि लार्गी रमाजानी र् एडगर गोन्जालेजले एक एक गोल गरेका थिए ।

यो जितपछि रियल म्याड्रिडको २० खेलमा ५१ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । एक खेल बढी खेलेको गिरोना ५२ अंकसहित शिर्ष स्थानमा रहेको छ ।

त्यसैगरी अल्मेरिया भने २१ खेलमा केवल ६ अंकसहित अंक तालिकामा पुछारमा रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *