खेलकुद

बराबरीमा रोकिए इजिप्ट र घाना

काठमाडौँ । जारी अफ्रिकन कप अफ नेसन्स अन्तर्गत इजिप्ट र घाना बराबरीमा रोकिएका छन् । गएराती सम्पन्न खेलमा इजिप्ट र घाना २-२ गोलको बराबरीमा रोकिएका हुन् ।

यस खेलमा इजिप्टका लागि ओमार मर्मोउश र् मोस्ताफा मोहमदले एक एक गोल गरेका थिए भने घानाका लागि मोहमद कुडुसले दुवै गोल गरेका थिए ।

यो बराबरी पछि समुह बी मा इजिप्टको २ खेलमा २ अंक रहेको छ । इजिप्ट आफ्नो पहिलो खेलमा पनि बराबरीमा रोकिएको थियो ।

त्यस्तै घानाको भने २ खेलमा एक अंक भएको छ । यो बराबरीले घानाको राउण्ड १६ मा पुग्ने यात्रा कठिन बनेको छ ।

अब समुह चरणको अन्तिम खेलमा मंगलबार घानाले मोजाम्बिकको सामना गर्ने छ भने इजिप्टले केप भर्डेको सामना गर्ने छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *