खेलकुद

एसियन कपमा भारतको लगातार दोस्रो हार

काठमाडौं । एएफसी एसियन कपमा भारतले दोस्रो हार बेहोरेको छ। कतारमा बिहीबार सम्पन्न खेलमा भारत उज्वेकिस्तानसँग ३–० ले पराजित भएको हो ।

उज्वेकिस्तानका लागि अब्बोशेख फयजुलाएभ, इगोर सर्गेवले र शेरजोड नस्रुलोएभले एक÷एक गोल गरे। जितपछि उज्वेकिस्तानले दुई खेलबाट ४ अंक हात पारेको छ।

आफ्नो पहिलो खेलमा भारत अष्ट्रेलियासँग २–० ले पराजित भएको थियो। दुई खेलको हारसँगै ऊ अंकविहीन छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *