खेलकुद

पीएम कपमा आज एक खेल हुदै

काठमाडौँ । जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज एक खेल मात्र हुदै छ । आज टियु मैदानमा बागमती प्रदेशले कोशी प्रदेशको सामना गर्दै छ ।

प्रतियोगितामा कोशी प्रदेशले आफ्ना सबै चार खेलमा हार बेहोरेर पहिलो जितको खोजीमा रहेको छ । त्यस्तै बागमती प्रदेशले ४ खेलमा २ जित र २ हार बेहोरेको छ ।

अहिलेसम्म पीएम कपमा सुदूरपश्चिम प्रदेश र नेपाल पुलिस क्लब मात्र अपराजित रहेका छन् । सुदूरपश्चिमले आफ्ना तिनै खेल जितेर ६ अंकसहित शिर्ष स्थानमा रहेको छ । त्यस्तै नेपाल पुलिस क्लबले आफ्ना दुवै खेल जितेर अंक तालिकामा दोस्रो स्थानमा रहेको छ ।

त्यस्तै त्रिभुवन आर्मी क्लब र एपीएफ क्लबले आफ्ना ३-३ खेलमा २-२ खेल जितेर ४-४ अंकसहित तेस्रो र चौथो स्थानमा रहेका छन् । त्यस्तै बागमती प्रदेशले ४ खेलमा २ जित र २ हार बेहोर्दै ४ अंक हासिल गरेको छ ।

त्यसैगरी कर्णाली प्रदेशले आफ्ना ३ खेलमा २ जित र एक हार बेहोर्दै ४ अंक हासिल गरेर छैटौं स्थानमा रहेको छ भने मधेश प्रदेशले ४ खेलमा २ जित र २ हारसहित ४ अंक हासिल गर्दै सातौ स्थानमा रहेको छ ।

त्यस्तै लुम्बिनी प्रदेशले आफ्ना ३ खेलमा एक जित र २ हर बेहोरेको छ भने गण्डकी र कोशी प्रदेशले अहिलेसम्म जित हासिल गर्न सकेका छैनन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *