खेलकुद

एसियन कप : चीन र लेबनान गोलरहित बराबरीमा

काठमाडौं । जारी एसियन कप फुटबलमा चीन र लेबनान बराबरीमा रोकिएका छन् । समूह ‘ए’ अन्तर्गतको बुधबार सम्पन्न खेलमा चीन र लेबनान गोलरहित बराबरीमा रोकिएका हुन् ।

यो यस प्रतियोगितामा चीनको दोस्रो बराबरी हो । यस अघि पहिलो खेलमा पनि चीन ताजकिस्तानसँग गोलरहित बराबरीमा रोकिएको थियो । यो बराबरीपछि चीनको २ खेलमा २ अंक भएको छ र समूहमा दोस्रो स्थानमा रहेको छ । त्यस्तै पहिलो खेलमा आयोजक कतारसँग हार बेहोरेको लेबनानको भने २ खेलमा एक अंक भएको छ र समूहमा पुछारमा रहेको छ ।

अब समूह चरणको अन्तिम खेलमा चीनले आगामी सोमबार आयोजक कतारको सामना गर्ने छ भने लेबनानले सोमबारनै ताजकिस्तानको सामना गर्ने छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *