काठमाडौँ । इटालियन क्लब एएस रोमाले प्रशिक्षक जोसे मोरिन्होलाई बर्खास्त गरेको छ । रोमाले एक विज्ञप्ति जारी गर्दै तुरुन्तैदेखि लागु हुने गरि मोरिन्होलाई बर्खास्त गरेको जानकारी दिएको हो ।
मोरिन्होसँगै रोमाले उनको टिमलाई पनि हटाएको छ । ६० बर्षिय मोरिन्हो २०२१ को जुलाईदेखि रोमाको प्रशिक्षक बनेका थिए ।
क्लबका पछिल्लो खराब प्रदर्शनका कारण रोमाले उनलाई हटाएको हो ।
रोमा यस सिजनमा सिरी ए मा हाल नवौं स्थानमा रहेको छ । मोरिन्होले रोमालाई २०२१-२२ को युरोपा कन्फेरेन्स कप जिताएका थिए ।




