खेलकुद

अफगानिस्तानविरुद्ध भारतको लगातार दोस्रो जित

काठमाडौँ । भारतले जारी अफगानिस्तानविरुद्धको टी-२० सिरिज जितको छ । गएराती सम्पन्न दोस्रो खेलमा भारत ६ विकेटले विजयी भएसँगै तीन खेलको सिरिजमा २-० ले अग्रता बनाउदै सिरिज जितेको हो ।

अफगानिस्तानले दिएको १७३ रनको लक्ष्य पछाएको भारतले १५.४ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यसअघि पहिला ब्याटिंग गरेको अफगानिस्तानले २० ओभरमा अलआउट हुदै १७२ रन बनाएको थियो ।

यस अघि भारतले सिरिजको पहिलो खेल पनि ६ विकेटले जितेको थियो । अब सिरिजको तेस्रो खेल बुधबार हुने तालिका रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *