खेलकुद

एसियन कपमा जापानको विजयी सुरुवात, भियतनाम ४-२ ले पराजित

काठमाडौँ । जारी एसियन कप फुटबलमा जापानले विजयी शुरुवात गरेको छ ।

आइतबार सम्पन्न समूह ‘डी’ अन्तर्गतको खेलमा जापानले भियतनाममाथि ४-२ गोलको जित हासिल गरेको हो । जापानको जितमा ताकुमी मिनामिनोले २ गोल गरेका थिए भने केइटो नकामुरा र अयासे उएडाले एक एक गोल गरेका थिए ।

यस अघि खेलको ३३औं मिनेटमा भियतनामले जापानमाथि २-१ को अग्रता लिएको भएपनि सो अग्रता जोगाउन नक्सक्दा हार बेहोरेको थियो । भियतनामका लागि एन्गुएन बाक र फाम तुआन हैले एक एक गोल गरेका थिए ।

यो जितसँगै जापानले समूह ‘डी’ मा महत्वपूर्ण ३ अंक हासिल गरेको छ । अब जापानले अर्को खेल शुक्रबार इराकविरुद्ध खेल्ने तालिका रहेको छ । त्यस्तै भियतनामले अर्को खेल शुक्रबार नै इन्डोनेसियाविरुद्ध खेल्ने छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *