खेलकुद

पाकिस्तानविरुद्ध न्यूजील्याण्डको लगातार दोस्रो जित

काठमाडौँ । न्यूजील्याण्डले जारी टी-२० सिरिजमा पाकिस्तानविरुद्ध लगातार दोस्रो जित हासिल गरेको छ ।

आइतबार हामिल्टनमा सम्पन्न दोस्रो टी- २० खेलमा न्यूजील्याण्डले पाकिस्तानलाई २१ रनले पराजित गरेको हो ।

न्यूजील्याण्डले दिएको १९५ रनको लक्ष्य पछाएको पाकिस्तानले १९.३ ओभरमा अलआउट हुदै १७३ रन बनाएको थियो ।

यस अघि पहिला ब्याटिंग गर्दै न्यूजील्याण्डले २० ओभरमा ८ विकेट गुमाउदै १९४ रन बनाएको थियो ।

यो यस सिरिजमा न्यूजील्याण्डको लगातार दोस्रो जित हो । सिरिजको पहिलो खेलमा न्यूजील्याण्ड ४६ रनले विजयी भएको थियो । योसँगै ५ खेलको सिरिजमा न्यूजील्याण्ड २-० ले अगाडी भएको छ । अब सिरिजको तेस्रो खेल बुधबार हुने छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *