खेलकुद

पीएम कपमा मधेश प्रदेशको विजयी शुरुवात

काठमाडौँ । आजदेखि शुरु भएको प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशले विजयी शुरुवात गरेको छ ।

शनिबार मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा मधेश प्रदेशले कोशी प्रदेशलाई ७ विकेटले पराजित गरेको हो ।

कोशी प्रदेशले दिएको १२८ रनको लक्ष्य पछाएको मधेश प्रदेशले २०.१ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । मधेशको जितमा अनिल शाहले सर्बाधिक ८८ रनको महत्वपूर्ण पारी खेलेका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको कोशी प्रदेशले ४१ ओभरमा अल आउट हुदै १२७ रन मात्र बनाएको थियो ।

अब मधेश प्रदेशले अर्को खेल सोमबार टियु मैदानमा त्रिभुवन आर्मी क्लबसँग खेल्ने छ भने कोशी प्रदेशले सोमबार मूलपनि क्रिकेट मैदानमा एपीएफ क्लबसँग खेल्ने छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *