खेलकुद

कारबाओ कप : सेमिफाइनलको पहिलो लेगमा लिभरपुल विजयी

काठमाडौं । काराबाओ कपको सेमिफाइनलअन्तर्गत पहिलो लेगमा लिभरपुल विजयी भएको छ ।

बुधबार राति भएको खेलमा लिभरपुलले फुलह्यामलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुललाई जिताउन कर्टिस जुलियन र कोडी गाक्पोले एक एक गोल गर्दा फुलह्यामका विलियनले गरेको गोल अन्त्यमा सान्त्वनामा परिणत भयो ।

१९ औं मिनेटमा विलियनले आन्द्रेस परेराको पासमा गोल गर्दै फुलह्यामलाई अग्रता दिलाएका थिए ।

१ गोलले पछि परेको लिभरपुलले ६८ औं मिनेटमा बराबरी गरेको थियो । नुनेजको पासमा कार्टिस जुलियनले गोल गरेका थिए ।

उनै नुनेजको पासमा ७१ औं मिनेटमा कोडी गाक्पोले गोल गरेपछि २–१ को अग्रता दिलाए ।

सोही अग्रता अन्तिमसम्म जोगाउँदै लिभरपुलले सेमिफाइनलको पहिलो लेगमा २–१ को जित निकाल्न सफल भयो ।

अब दोस्रो लेग २५ जनवरीमा हुने छ । उक्त लेगमा बराबरी खेल्दा पनि लिभरपुल फाइनलमा पुग्दा फुलह्यामले भने फराकिलो जित निकाल्नु पर्ने छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *