कोशी प्रदेश

कोशीको सभामुखमा राप्रपाका विष्ट निर्वाचित

काठमाडौं । राप्रपाका अम्बरबहादुर विष्ट कोशी प्रदेशको सभामुखमा निर्विरोध निर्वाचित भएका छन् ।

मंगलबार बसेको प्रदेशसभा बैठकमा उपसभामुख सृजना दनुवारले उनलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेकी हुन् ।
विष्टको प्रस्तावकमा राप्रपा संसदीय दलका नेता भक्ति सिटौला र प्रदेश सभा सदस्य प्रेमराज थामसुहाङ समर्थक थिए ।

प्रमुख प्रतिपक्षी एमालेले राप्रपालाई नै समर्थन गरेको थियो । विष्ट सत्ता गठबन्धनको साथ थियो । एमालेले पनि समर्थन जनाएपछि विष्ट निर्विरोध भएका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *