खेलकुद

म्यानचेस्टर युनाइटेड एफए कपको चौथो चरणमा

काठमाडौँ । म्यानचेस्टर युनाइटेड एफए कपको चौथो चरणमा पुगेको छ ।

गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले विगन एथलेटिकलाई २-० गोल अन्तरले पराजित गर्दै एफए कपको चौथो चरणमा पुगेको हो ।

म्यानचेस्टर युनाइटेडको जितमा डिओगो डालोट र ब्रुनो फेर्नानडेजले एक एक गोल गरेका थिए ।

अब म्यानचेस्टर युनाइटेडले चौथो चरणमा न्यूपोर्ट र एस्टलेइफबीचको विजेतासँग २७ जनवरीमा खेल्ने छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *