खेलकुद

गुनडोगानको निर्णायक गोलमा बार्सिलोना विजयी

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले लस पलमासविरुद्ध संघर्षपूर्ण जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा बर्सिलिनाले लस पलमसलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाका लागि खेलको ९३औं मिनेटमा इके गुनडोगानले पेनाल्टीमार्फत निर्णायक गोल गर्दै जित दिलाएका थिए ।

यसअघि लस पालमसले खेलको १२औं मिनेटमा मुनिर एल हाड्डाडीको गोलमा शुरुवाती अग्रता लिएर बार्सिलोनालाई दबाबमा राखेको थियो । त्यसपछि बार्सिलोनाका लागि फेरान टोरेजले खेलको ५५औं मिनेटमा गोल गर्दै खेलमा फर्काएका थिए ।

यस खेलमा लस पलमासका डाले सिंकगराभेनले खेलको ९१औ मिनेटमा रातो कार्ड पाएका थिए ।

यो जितपछि बार्सिलोनाको १९ खेलमा ४१ अंक भएको छ र लिगमा तेस्रो स्थानमा उक्लिएको छ । त्यस्तै लस पलमासको भने १९ खेलमा २५ अंक रहेको छ र लिगमा १०औं स्थानमा रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *