काठमाडौं । पहिचानबादी नेता बुलेट किराती रिहाइ हुने निश्चित भएपछि प्रदेस न .१ पुन ः नामाङकन संयुक्त संघर्ष समितिले पौष १८ र १९ को लागि आव्हान गरिएको मेची राजमार्ग बन्दको कार्यक्रम
फिर्ता लिएको छ । प्रदेस न .१ पुन ः नामाङकन संयुक्त संघर्ष समितिले एक विज्ञप्ती जारी बन्दको कार्यक्रम फिर्ता लिएको जनाएको छ ।
मंगसिर ३० र पुष १ गते संघर्ष समितिले आव्हान गरेको प्रदेस न .१ यातायात बन्द कार्यक्रमका क्रममा इलाममा गाडीमाथि आगजनी भएको आरोपमा झापा जिल्लाबाट पहिचानवादी नेता बुलेट किरातीलाई गिरफ्तार गरिएको थियो ।
उनलाई प्रहरीले नियन्त्रणमा लिएपछि समितिले रिहाइको माग राख्दै बन्दको कार्यक्रम घोषणा गरेको थियो । तर किराँती रिहाइ हुने भएपछि संघर्ष समितिले आन्दोलनको कार्यक्रम फिर्ता लिएको जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । समितिले उक्त घटनामा किराँतीको कुनै संलग्नता समेत नरहेको समेत जनाएको छ ।




