काठमाडौं । सशस्त्र प्रहरी टिमको महिला क्रिकेट टिमकी ब्याटर ज्योति पाण्डेले घरेलु तथा राष्ट्रिय टिमबाट सन्यास लिएकी छिन् । प्रधानमन्त्री कप महिला टी–२० कपको फाइनलमा कोशी प्रदेशमाथि ११ रनको जित हात पार्दै सशस्त्र प्रहरी क्लबलाई च्याम्पियन भएपछि ज्योतीले क्रिकेटबाट सन्यासको घोषणा गरेकी हुन् ।
सन् २०१६ मा नेपालको लागि अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरेकी उनले अन्तिम पटक २०२१ मा कतारविरुद्ध खेलमा सहभागिता जनाएकी थिइन् ।




