खेलकुद

युएईविरुद्धको टी- २० सिरिजमा अफगानिस्तान विजयी

काठमाडौँ । अफगानिस्तानले युएईविरुद्ध टी- २० सिरिज जितेको छ । गएराती सम्पन्न सिरिजको अन्तिम खेलमा अफगानिस्तान ४ विकेटले विजयी हुदै सिरिज २-१ ले जितेको हो ।

युएईले दिएको १२७ रनको लक्ष्य पछाएको अफगानिस्तानले १८.३ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

यस अघि पहिला ब्याटिंग गरेको युएईले २० ओभरमा ९ विकेट गुमाउदै १२६ रन मात्र बनाएको थियो ।

यस सिरिजमा पहिलो खेल अफगानिस्तानले ७२ रनले जितेको थियो भने दोस्रो खेल युएईले ११ रनले जितेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *