मुख्य समाचार

उत्पादनमु्लक क्षेत्रमा सबैले आवदेन दिन पाउनुपर्ने मागसहित प्रदर्शन

काठमाडौं । वैदेशिक रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत उत्पादनमुलक क्षेत्रमा सिप विल्डिङ अनुर्तिण सबै विद्यार्थीहरुले आवेदन दिन पाउनुपर्ने मागसहित कोरियन भाषा अध्ययन गरिरहेका विद्यार्थीहरुले ग्वार्कोस्थित ईपीएस कार्यालय परिसरमा आन्दोलन स्ुरु गरेका छन् ।

उत्पादनमूलक क्षेत्रका लागि आवेदन दिन नपाएको भन्दै उनीहरूले बालकुमारीसहित उक्त क्षेत्रको सडक अवरुद्ध पार्दै ढुंगामुढा प्रहार गर्दै आन्दोलित भएका हुन् । आन्दोलनमा उत्रिएका सिप विल्डिङ अनुर्तिण विद्यार्थीहरुले पदर्शनको क्रममा बालकुमारी क्षेत्रमा शुक्रबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगो लगाएका छन् । आगजनीबाट बा २ झ ५८६१ नम्बरको गाडी जलेर ध्वस्त भएको छ भने मन्त्री भने सुरक्षित छन् । यस्तै प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर दैलेखका २३ वर्षीय सुजन राउत र डोटीका २२ वर्षी वीरेन्द्र शाहको मृत्यु भएको हो ।

सिप बिल्डिङमा अनुर्तिण सबै विद्यार्थीहरुले २०२३ मा खुलेको इपियसको उत्पादनमुलक क्षेत्रको आवदेन पाउनुपर्ने भन्दै इपियस कार्यालय ग्वार्कोका निर्देशक गुरुप्रसाद सुवेदीको ध्यानाकर्षण गराएका छन्। ईपीएस कोरिया शाखाले उत्पादनमूलक क्षेत्रका लागि आवेदन आह्वान गरेको थियो । इपियस शाखाले सिप विल्डिङको आवेदन खुलाउँदा अन्य परिक्षामा पनि सामेल हुन पाउने भन्दै सुचना जारी गरेको र आधा विद्यार्थीहरुले आवेदन दिएपछि शाखाले सिपमा परिक्षा दिएकाले आगामी अन्य परिक्षामा आवेदन दिन नपाउने भन्दै सुचना थप निकालेको थियो । त्यसको विरोधमा उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।

सिप बिल्डिङमा अनुर्तिण विद्यार्थीहरुले यस अघि उत्पादनमुलक क्षेत्रमा सिपको परिक्षामा सबैले परिक्षामा सामेल हुन पाउनुपर्ने भन्दै उच्च अदालत पाटनमा समेत मुद्दा दायर गरेका थिए । उक्त मुद्धामा उच्च अदालत पाटनले सिपमा अनुर्तिण सबै विद्यार्थीहरुलाई परिक्षामा सामेल गराउन इपियस कार्यालय ग्वार्कोलाई अन्तरिम आदेश जारी गरेपछि इपियस कार्यालय ग्वार्कोका निर्देशक गुरुदत्त सुवेदीले एपी वान ,टेलीभिजन लगायत अन्य संचारमाध्यमा बोल्दै सिपमा अनुर्तिण सबै विद्यार्थीहरुले २०२३ मा खुलेको उत्पादनमुलक क्षेत्रमा आवेदन दिन पाउने त्यसका लागि केही दिनको समय राखेर आवेदन पुनः खुलाउने घोषणा समेत गरेका थिए ।

तर अदालतको अन्तरिम आदेश जारी भएपछि ईपीएस कोरिया शाखाले बुधबार एक सुचना जारी गर्दै अनलाइनमार्फत फर्म भर्न नपाउने कार्यालयमै उपस्थित भएर १८ जनाले मात्र फर्म भर्न पाउने सु्चना जारी गरेको थियो । १८ जनालाई कार्यालयमा उपस्थित भएर आवेदन फाराम भर्न शुक्रबार दिउँसो तीन बजेसम्मका लागि समय निर्धा्रण गरेको छ । इपियस कार्यालयले खुलाएको आवेदनमा सुचना प्रकाशन गरेको मिति र चलानी दर्ता नम्बर समेत उल्लेख छैन् । अदालतमा निवेदन दिएका १८ जनाले मात्र उत्पादनमुलक क्षेत्रको परिक्षामा सामेल हुन पाउने भन्दै आवेदन खु्लाएपछि अन्य विद्यार्थीहरु अन्यायमा परेको भन्दै सिप परिक्षामा अनुर्तिण सबैले उत्पादनमुलक क्षेत्रको परिक्षामा सामेल हुन पाउनुपर्ने मागसहित आन्दोलनमा उत्रिएका हुन् ।

ईपीएस कोरिया शाखा कार्यालयका निर्देशक गुरूदत्त सुवेदीअले दालतको आदेश अनुसार १८ जनालाई आवेदन फाराम भर्न सहभागी गराएको बताए । अदालतले १८ जनाको हकमा मात्रै आदेश जारी गरेको भन्दै ईपीएस कार्यालयले उनीहरूलाई मात्रै बोलाएको हो । सिप बिल्डिङ क्षेत्रका लागि आवेदन दिएर अनुत्तीर्ण भएका २८ हजार भन्दा बढी छन् । उनीहरूलाई उत्पादनमूलक क्षेत्रको लागि आवेदन फाराम भर्न रोक लगाइएको थियो ।

तर सिप विल्डिङ अनुर्तिण विद्यार्थीहरुले सबैले उत्पादनमुलक क्षेत्रमा आवेदन भर्न पाउनुपर्ने र आवेदन दिन अनलाइन आह्वान गर्नुपर्ने र जुनसुकै ठाउँबाट आवेदन दिन पाउनुपर्ने माग समेत राख्दै उच्च अदालत पाटनमा आज पनि रिट दर्ता गरेका थिए ।

ललितपुरको बालकुमारीमा प्रहरीले दुई विद्यार्थी मारिएपछि उच्च अदालत पाटनले सबैलाई ईपीएस भाषा परीक्षामा सहभागी गराउन आदेश दिएको छ । न्यायाधीश चन्द्रमणि ज्ञवालीको इजलासले शुक्रबार सबैलाई ईपीएस भाषा परीक्षामा सहभागी गराउन आदेश दिएको हो । सिपबिल्डिङमा परीक्षा दिएकाहरुले कोरिया भाषा परीक्षामा भाग लिन नपाउने भनेपछि १८ जनाले पाटन उच्च अदालतमा मुद्दा हालेका थिए । अदालतले पनि भाषा परीक्षामा भाग लिन फर्म भर्न दिनू भनेर आदेश दिएको थियो । सिपबिल्डिङमा फेल भएका करिब ३० हजारमध्ये यसभन्दा अगाडि १८ जनाले मात्रै आवेदन दिन पाउने थिए भने अब सिपबिल्डङको भाषा परीक्षामा फेल भएका सबैले आवेदन दिन पाउने छन् ।

अदालतले पहिल्यै यस्तो आदेश दिएको भए बित्थामा यी दुई युवक मारिने थिएनन् । यसलाई राज्यले गरेको हत्या भनेर टिप्पणी भइरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *