खेलकुद

एभर्टनमाथि म्यानचेस्टर सिटीको सहज जित

काठमाडौँ । ईङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले एभर्टनलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले एभर्टनलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

म्यानचेस्टर सिटीले यस खेलको पहिलो हाफमा १-० गोलले पछि परेको अवस्थामा दोस्रो हाफमा कमब्याक गर्दै जित हासिल गरेको थियो ।

म्यानचेस्टर सिटीका लागि फिल फोडेन, जुलियन अल्भारेज र बेर्नार्डो सिल्भाले एक एक गोल गरेका थिए । त्यस्तै एभर्टनका लागि ज्याक हारिसनले एक गोल गरेका थिए ।

यो जितपछि म्यानचेस्टर सिटीको १८ खेलमा ३७ अंकसहित चौथो स्थानमा उक्लिएको छ । त्यस्तै एभर्टनको यो हारपछि १९ खेलमा १६ अंक रहेको छ र लिगमा १७औं स्थानमा रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *