खेलकुद

बर्नलीलाई हराउदै लिभरपुल शिर्ष स्थानमा उक्लियो

काठमाडौँ । ईङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुलले बर्नलीमाथि जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा लिभरपुलले बर्नलीलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

लिभरपुलको जितमा डर्विन नुनेज र डिओगो जोटाले एक एक गोल गरेका थिए ।

१९ खेलमा ४२ अंक रहेको लिभरपुल यो जितपछि लिभरपुल प्रिमियर लिगको शिर्ष स्थानमा उक्लिएको छ । यद्यपी एक खेल कम खेलेको आर्सनल १८ खेलमा ४० अंकसहित दोस्रो स्थानमा रहेको छ ।

त्यसैगरी बर्नलीको भने यस सिजनमा यो १४औं हार हो । १९ खेलमा ११ अंक रहेको बर्नली लिगमा १९औं स्थानमा रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *