खेलकुद

एस्टन भिल्लामाथि म्यानचेस्टर युनाइटेडको रोमाञ्चक

काठमाडौँ । ईङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले एस्टन भिल्लामाथि रोमाञ्चक जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले एस्टन भिल्लालाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।

म्यानचेस्टर युनाइटेडको जितमा रासमस होजलण्डले निर्णायक गोल गरेका थिए । पहिलो हाफमा २-० गोल अन्तरले पछि परेको युनाइटेडले खेलको दोस्रो हाफमा कमब्याक गर्दै जित निकालेको थियो । म्यानचेस्टर युनाइटेडका लागि शुरुवाती दुवै गोल अलेजान्द्रो गार्नाचोले गरेका थिए ।

यसअघि पहिलो हाफमा एस्टन भिल्लाका लागि जोन म्याकगीन र् लीन्डर डेनडोंकरले एक एक गोल गरेका थिए ।

यो म्यानचेस्टर युनाइटेडको यस सिजनको १०औं जित हो । यो जितपछि १९ खेलमा ३१ अंक रहेको म्यानचेस्टर युनाइटेड लिगमा छैटौं स्थानमा उक्लिएको छ ।

त्यस्तै एस्टन भिल्लाको भने यो यस सिजनमा चौथो हार हो । १९ खेलमा ३९ अंक रहेको भिल्ला लिगमा तेस्रो स्थानमा रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *