बागमती प्रदेश

सिन्धुलीमा ऋण नतिरेको विषयमा महिलालाई तीन दिनसम्म बाँधेर निर्मम यातना

काठमाडौं । लेनदेनको विषयलाई लिएर सिन्धुलीको कमलामाई नगरपालिका–४, मा स्थानीय शारदा थापालाई पोलमा बाँधेर निर्घात कुटपिट गरिएको छ । उनको अवस्था अहिले अचेत छ ।

थापामाथि अमानवीय व्यवहार भएको सूचना पाएपछि आइतबार प्रहरी प्रमुख एसपी राजकुमार सिलवाल नेतृत्वको टोली गाउँमा पुगेको थियो । प्रहरी टोली घटनास्थलमा पुग्दा पनि ढकाल गाउँस्थित घर अगाडिको बिजुली पोलमा शारदालाई बाँधिएको थियो । गाउँका स्थानीयहरू पनि भेला भएर बसिरहेका थिए ।

प्रहरी पुगेपछि स्थानीय भागाभाग भएका थिए । आइतबार अपराह्न साढे ४ बजे घटनास्थलमा पुगेर प्रहरीले शारदाको उद्धार गरेको हो । उद्धार गरेपछि प्रहरीले उनलाई सेफ हाउसमा राखेको छ । घटनापछि प्रहरीले शारदाका श्रीमान सन्तोष थापासहित सातजनालाई पक्राउ गरेको छ । उनीहरूलाई प्रहरीले मंगलबार म्याद थप गर्ने तयारी गरिरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *