देश

भक्तपुर : नेपाल प्रहरीका सई आफ्नै घरमा मृत अवस्थामा फेला

काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ८ सिपाडोलमा प्रहरी नायव निरीक्षक (सई) मृत फेला परेका छन् । प्रहरी प्रधान कार्यालय १ नम्बर गण नक्साल काठमाडौंमा कार्यरत प्रहरी नायव निरीक्षक ४४ वर्षीय बालकृष्ण उपाध्याय घिमिरे मृत फेला परेका हुन् ।

भक्तपुर प्रहरी परिसरका प्रमुख वेद विष्टका अनुसार सर्ई आफ्नै घरको तेस्रो तलामा आफू सुत्ने कोठाभित्र मृत अवस्थामा सई फेला परेका हुन् । अहिलेसम्म मृत्यु हुनुको कारण भने नखुलेको प्रहरीले जनाएको छ । प्रहरी वृत्त जगातीबाट अनुसन्धान अधिकृत सहितको टोली घटनास्थल पुगेर थप अनुसन्धान थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *