खेलकुद

स्वरेजले गरे इन्टर मियामीसँग एक बर्षको सम्झौता

काठमाडौँ । उरुग्वेका फरवार्ड लुइस स्वरेजको लियोनेल मेसीसँग पुनर्मिलन भएको छ । ३६ बर्षिय स्ट्राइकर स्वरेजले इन्टर मियामीसँग एक बर्षको सम्झौता गरेसँगै उनको मिल्ने साथी मेसीसँग पुनर्मिलन भएको हो ।

स्वरेजले इन्टर मियामीमा जान ब्राजिलियन क्लब ग्रेमियोसँगको सम्झौता घटाएर यसै बर्षको अन्त्यसम्म बनाएका थिए ।

यसअघि नै इन्टर मियामीले स्वरेजलाई क्लबमा ठाउ बनाउन जोसेफ मार्टिनेजलाई रिलिज गरेको थियो ।

अब इन्टर मियामीमा बार्सिलोनाका पूर्व खेलाडीहरु मेसी, स्वरेज, जोर्डी अल्बा र सर्जियो बास्क्वेट एक साथ भएका छन् ।

डिसेम्बर २०२२ मा ग्रेमियो गएका स्वरेजले ५७ खेलमा २९ गोल गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *