रोजगार

इपियसमार्फत उत्पादनमूलक क्षेत्रको आवेदन दिन समस्या,आवेदन दिने म्याद थप्न आवश्यक

कामठाडौं । रोजगार अनुमति प्रणाली इपियसमार्फत दक्षिण कोरिया जाने नेपाली युवाहरुलाई सन् २०२३ को उत्पादनमुलक क्षेत्रमा आवेदन भर्न समस्या परेको छ । विहीबारदेखी उत्पादनमूलक क्षेत्रको परिक्षामा सामेल हुने विद्यार्थीहरुले अनलाइन आवेदन दिन समस्या आएको गुनासो गरिरहेका छन् ।

अनलाइनमा समस्या देखा परेपछि अहिले हजारौँ विद्यार्थी आवेदन दिनबानट बञ्चित हुने संभावना बढेको छ । शुक्रबार इपियस शाखा ग्वार्कोले विद्यार्थीहरुले आवेदन दिदाँ ओटीपी कोड नआएको गुनासो कार्यलयमा आएको भन्दै ओटिवी कोड विनै आवेदन फर्म भर्न पाउने सिस्टम मिलाएको जनाएको छ । फारम भर्दा लाग्ने शुल्क र भुक्तानीको कार्य सफल भएपनि रजिस्टे«सन नम्बर र प्रवेश पत्र तत्काल नआएकाले मध्यराती सम्ममा आउने जनाएको छ ।

इपियस कार्यालय ग्वार्कोले विद्यार्थीहरुको समस्या समाधानका लागि तत्काल सिस्टमलाई स्ुधार गर्नु आवश्यक छ । यदि आवेदन दिएका विद्यार्थीहरुको रजिष्ट्रसन नम्बार र प्रवेश पत्र नै प्राप्त भएन भने विद्यार्थीहरुको भविष्य अन्धाकारतिर धकेलिन्छ सोही कुरालाई मध्येनजर गरेर इपियस कार्यालय ग्वार्कोले तत्काल सिस्टममा देखापरेको समस्या समाधान गर्नुपर्छ । आज उत्पादनमुलक क्षेत्रको आवदेन दिने अन्तिम दिन भएकाले हजारौँ विद्यार्थीहरुको भविष्यलाई उज्वल पार्ने जिम्मेवारी इपिस कार्यालय ग्वार्को नै हो ।

यस्तै उत्पादनमुलक क्षेत्रको आवेदन भर्ने अन्तिम दिनसम्म पनि इपियस कार्यालय नेपाल शाखा ग्वार्कोले सिप विल्डिङमा अनुर्तिण विद्यार्थीहरुको माग सम्बोधन गर्न उच्च अदालत पाटन बिहीबार जारी गरेको आदेशका बारेमा ठिक समयमा ठोस निर्णय दिन सकेको छैन । अहिले ३०/३५ हजार विद्यार्थीहरुले ईपियस कार्यालयले उच्च अदालत पाटनले जारी गरेको आदेशका आधारमा उत्पादनमुलक क्षेत्रको परिक्षमा सामेल हुन पाउने गरी ठोस निर्णय निकाल्न माग गरिरहेका छन् ।

इपियस शाखाले बिहीबार नै ठोस निर्णय दिइसक्नुपर्ने तर आज अन्तिम दिन वितिसक्न लाग्दा समेत उक्त विद्यार्थीहरुको माग र उच्च अदालतको आदेशलाई वेवास्ता गरिरहेको छ । समयमा सिप विल्डिङ अनुर्तिण विद्यार्थीहरुलाई उच्च अदालत पाटनको आदेश बमोजिम ठोस निचोड नदिएकाले अब इपियस कार्यालय ग्वार्कोले सिप बिल्डिङ अनुर्तिण विद्यार्थीहरुलाई २०२३ को उत्पादनमूलक क्षेत्रको परिक्षामा आवेदन दिन थप समय जारी गर्नुपर्छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *