काठमाडौँ । फ्रेन्च लिग वान अन्तर्गत पिएसजीले मेटजलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा पिएसजीले मेटजलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
पिएसजीको जितमा किलीयन एम्बाप्पेले २ गोल गरेका थिए भने भिटीन्हाले एक गोल गरेका थिए । त्यस्तै मेटजका माथियु उडोलले एक गोल फर्काएका थिए ।
यस खेलमा पिएसजीबाट एम्बाप्पेका भाई इथान एम्बाप्पेले पनि डेभ्यु गरेका थिए ।
यो जितपछि पिएसजीको १७ खेलमा ४० अंक भएको छ र लिगमा शिर्ष स्थानमा रहेको छ ।
त्यस्तै मेटजको भने १७ खेलमा १६ अंक रहेको छ र लिगमा १४औं स्थानमा रहेको छ ।




