खेलकुद

आजदेखि प्रधानमन्त्री कप महिला टी–२०, राउन्ड रोविन लिगमा हुदै

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय प्रतियोगितामा पहिलो पटक लामो ढाँचाको क्रिकेट लिग खेल्न पाउने व्यवस्था गरेको छ ।

प्रतियोगिता सुरु हुने अघिल्लो दिन बुधबार क्यानद्धारा आयोजित पत्रकार सम्मेलनमा सचिव पारस खड्काले राउन्ड रोविन लिगबाट खेल हुने जानकारी दिए ।

उनले भने, ‘नेपाल क्रिकेट संघले अब नयाँ सोच र विचारले अगाडि बढ्नुपर्छ भन्दै गर्दा अहिले राउन्ड रोविन लिगबाट यो प्रतियोगिता सुरु गर्न गइरहेका छौं । राउन्ड रोविन लिग हुँदा एउटा खेलाडीले न्यूनतम पनि ७ पटक खेल्न पाउने व्यवस्था छ ।’ कोशीकी कप्तान रुविना क्षेत्रीले पहिलो पटक राउन्ड रोविन लिगका आधारमा क्रिकेट खेल्ने अवसरले खेलाडीमा उत्साह थपेको बताइन् । उनले भनिन् ‘क्यानलाई हामी धन्यवाद दिन चाहन्छौं । पहिलो पटक राउन्ड रोविन लिगको आधारमा महिला खेलाडीले क्रिकेट लिग खेल्ने अवसर पाएका छौँ । यसले खेलाडीमा उत्साह थपेको छ ।’

बिहीबारदेखि काठमाडौंमा हुने प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय प्रतियोगिता पुस १७ गतेसम्म मुलपानी र त्रिवि मैदान कीर्तिपुरमा सञ्चालन हुँदै छ । प्रतियोगितामा सात प्रदेश र विभागीय टोलीको एपीएफ क्लबगरी आठ टोलीको सहभागिता रहने छ ।

प्रतियोगितामा बिहीबार त्रित्रि मैदानमा हुने पहिलो खेल वाग्मती र मधेश तथा दोस्रो गण्डकी र लुम्बिनीबीच हुनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *