देश

काठमाडौंको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस,अहिलेसम्मकै कम तापक्रम

काठमाडौं । कामठाडौं उपत्यकामा बुधबार निकै चिसो बढेको छ । सामान्य घाम लागेपनि मौसम चिसो छ । बुधबार काठमाडौं उपत्यकामा यस वर्षको अहिलेसम्मकै कम तापक्रम मापन भएको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार विहानको काठमाडौंको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस मापन भएको थियो । विभागले चिसोबाट बचन सबैलाई आग्रह गरेको छ । यसअघि २७ मंसिरमा काठमाडौंको न्यूनतम तापक्रम ५.८ डिग्री सेल्सियस थियो । बुधबार बिहान देशका पूर्वी तथा पश्चिम तराईका थोरै स्थानहरुमा र मध्य तराईका एक–दुई स्थानमा हुस्सु लागेको थियो । तर दिनमा भने हुस्सु विस्तारै हट्दै जाने विभागले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *