खेलकुद

भारतमाथि दक्षिण अफ्रिका ८ विकेटले विजयी

काठमाडौँ । दक्षिण अफ्रिकाले भारतविरुद्धको दोस्रो एकदिवसीय खेल जितेको छ । गएराती सम्पन्न खेलमा दक्षिण अफ्रिका ८ विकेटले विजयी भएको हो ।

जारी सिरिजको दोस्रो खेलमा भारतले दिएको २१२ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाले ४२.३ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

यसअघि पहिला ब्याटिंग गर्दै भारतले ४६.२ ओभरमा अल आउट हुदै २११ रन बनाएको थियो ।

यो जितपछि दक्षिण अफ्रिकाले ३ खेलको सिरिजमा १-१ को बराबरी गरेको छ । यसअघि पहिलो खेल भारतले जितेको थियो ।

अब सिरिजको तेस्रो तथा अन्तिम खेल विहिबार हुने छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *