काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत एटलेटिको म्याड्रिड गेटाफेसँग बराबरीमा रोकिएको छ । गएराती सम्पन्न खेलमा एटलेटिको गेटाफेसँग ३-३ गोलको बराबरीमा रोकिएको हो ।
गेटाफेले खेलको ९३औं मिनेटमा पाएको पेनाल्टीलाई गोलमा परिणत गर्दै खेल बराबरी गरेको थियो । त्यसअघि ३-१ ले पछि परेको गेटाफेका लागि ८७औ मिनेटमा ओस्कार रोड्रीगेजले दोस्रो गोल गरेका थिए । त्यस्तै गेटाफेका लागि बोर्जा मायोरलले दुई गोल गरेका थिए ।
त्यस्तै एटलेटिको म्याड्रिडका लागि एन्टोनी ग्रीजम्यानले २ गोल गरे भने अल्भारो मोराटाले एक गोल गरेका थिए ।
यस खेलमा खेलको ३८औँ मिनेटमा स्टेफान साभिकले रातो कार्ड पाएपछि एटलेटिको १० खेलाडीमा समिति भएको थियो ।
यो बराबरीपछि एटलेटिको म्याड्रिडको ला लिगामा १७ खेलमा ३५ अंक भएको छ र तेस्रो स्थानमा रहेको छ । समान ३५ अंक रहेको बार्सिलोना गोल अन्तरका आधारमा चौथो स्थानमा रहेको छ । त्यसैगरी गेटाफेको १८ खेलमा २६ अंक रहेको छ र लिगमा आठौँ स्थानमा छ ।




