खेलकुद

नेपाल सुपर लिग : आज झापा र धनगढीबीच प्रतिस्पर्धा हुने

काठमाडौँ।नेपाल सुपर लिग फुटबलमा आज झापा एफसी र धनगढी एफसीबीच प्रतिस्पर्धा हुँदैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ५ बजे सुरु हुनेछ ।

जारी लिगमा आज दुवै टोलीले सातौँ खेल खेल्दैछन् । आजको खेलमा धनगढी चौथो जितको खोजीमा रहँदा झापा एफसी दोस्रो जित निकाल्ने योजनामा छ ।

धनगढी तीनमा जित र तीनमा बराबरीका साथ अपराजित रहँदै १२ अङ्कका साथ दोस्रो स्थानमा रहेको छ ।

आजको खेल जितेको खण्डमा धनगढी शीर्षस्थानमा उक्लिने छ । पोखरा १४ स्थानका साथ शीर्षस्थानमा छ ।

यस्तै, झापा एफसी एकमा जित, चारमा बराबरी र एकमा हार बेहोर्दै ७ अङ्कका साथ पाँचौँ स्थानमा छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *