खेलकुद

म्यानचेस्टर सिटी क्लब विश्वकपको फाइनलमा

काठमाडौँ । ईङलिश प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी क्लब विश्वकपको फाइनलमा पुगेको छ ।

गएराती सम्पन्न खेलमा जापानी क्लब उरावा रेड्स डायमण्डलाई ३-० गोल अन्तरले पराजित गर्दै म्यानचेस्टर सिटी फाइनलमा पुगेको हो ।

म्यानचेस्टर सिटीको जितमा माटेओ कोभाकिक र बेर्नानडो सिल्भाले एक एक गोल गरेका थिए भने एक गोल उरावाका मारिअस होइब्राटेनले आत्मघाती गोल गरेका थिए ।

यो जितपछि अब म्यानचेस्टर सिटीले फाइनलमा ब्राजिलियन क्लब फ्लुमिनेन्सेको सामना गर्ने छ । यसअघि पहिलो सेमिफाइनलमा इजिप्टको क्लब अल अहलीलाई २-० गोल अन्तरले पराजित गर्दै फ्लुमिनेन्स फाइनलमा पुगेको थियो ।

म्यानचेस्टर सिटी र फ्लुमिनेन्से पहिलो पटक क्लब विश्वकप खेल्दै फाइनलमा पुगेका हुन् ।

फिफा क्लब विश्वकपमा सात कन्फेडेरेसनका विजेता क्लब खेल्ने गर्दछन । अहिलेसम्म क्लब विश्वकपको रियल म्याड्रिडले सबैभन्दा बढी ५ पटक जितेको छ भने बार्सिलोनाले ३ पटक जितेको छ ।

फाइनल खेल डिसेम्बर २२ मा हुदै छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *