खेलकुद

एनएसएलमा आज दुई खेल हुँदै, इलाम र ललितपुर पहिले भिड्ने

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा आज दुईवटा खेल हुँदै छन् । पहिलो खेलमा स्पोर्टिङ इलाम एफसी र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउसो १ बजे त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सुरु हुनेछ ।

आजै हुने अर्को खेलमा बुटवल लुम्बिनी एफसीले पोखरा थन्डर्सको सामना गर्ने भएको छ । यो खेल सँँझ ५बजे हुनेछ । यसअघि हिजो भएको धनगढी एफसी र काठमाडौं रेञ्जर्सबिचको खेल बराबरीमा सकिएको थियो । धनगढी र काठमाडौबिचको खेल १–१ गोलको बराबरीमा सकिएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *