खेलकुद

ब्राजिलियन क्लब फ्लुमिनेन्से क्लब विश्वकपको फाइनलमा

काठमाडौँ । ब्राजिलियन क्लब फ्लुमिनेन्से फिफा क्लब विश्वकपको फाइनलमा पुगेको छ ।

गएराती सम्पन्न खेलमा इजिप्टको क्लब अल अहलीलाई २-० गोल अन्तरले पराजित गर्दै फ्लुमिनेन्स फाइनलमा पुगेको हो ।

फ्लुमिनेन्सेको जितमा जोन अरिआस र जोन केन्नेडीले एक एक गोल गरेका थिए ।

अब फाइनलमा फ्लुमिनेन्सले दोस्रो सेमिफाइनलमा म्यानचेस्टर सिटी र उर्वा रेड डायमण्डबीचको विजेतासँग खेल्ने छ । दोस्रो सेमिफाइनल खेल आजराती हुदै छ ।

त्यस्तै फाइनल खेल डिसेम्बर २२ मा हुदै छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *