खेलकुद

जितपछि गिरोना ला लिगाको शिर्ष स्थानमा

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत गिरोनाको जितको सिलसिला जारी रहेको छ ।

गएराती सम्पन्न खेलमा गिरोनाले आल्भेजलाई ३-० ले पराजित गर्दै आफ्नो जितको सिलसिलालाई जारी राखेको हो ।

गिरोनाको जितमा आर्टेम डोभबिकले २ गोल गरेका थिए भने पोर्टुले एक गोल गरेका थिए । गिरोनाको यो यस सिजनमा १४औं जित हो । १७ खेलमा ४४ अंक हासिल गरेको गिरोना लिगको शिर्ष स्थानमा कायम रहेको छ । दोस्रो स्थानमा रहेको रियल म्याड्रिडको १७ खेलमा ४२ अंक रहेको छ ।

त्यसैगरी आल्भेजको भने १७ खेलमा १६ अंक रहेको छ र लिगमा १३औं अंक रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *