खेलकुद

भिल्ला रियलमाथि रियल म्याड्रिडको शानदार जित

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्ग रियल म्याड्रिडले भिल्ला रियलमाथि शानदार जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले भिल्ला रियललाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

रियल म्याड्रिडको जितमा जुडे बेलिङघम, रोड्रीगो, ब्राहिम डियाज र लुका मोड्रीचले एक एक गोल गरेका थिए । त्यसैगरी भिल्लारियलका लागि जोसे लुइस मोरालेजले एक एक गोल गरेका थिए ।

यो रियल म्याड्रिडको यस सिजनमा १३औं जित हो । १७ खेलमा ४२ अंक हासिल गर्दै रियल म्याड्रिड लिगको शिर्ष स्थानमा उक्लिएको छ । त्यस्तै एक खेल कम खेलेको गिरोना ४१ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

त्यसैगरी भिल्ला रियलको भने यो यस सिजनको नवौं हार हो । यो हारपछि १७ खेलमा १६ अंक रहेको भिल्ला रियल १४औ स्थानमा रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *