खेलकुद

एनएसएलमा आज काठमाडौं रेजर्स र धनगढी एफसीबीच भिडन्त

काठमाडौं।नेपाल सुपर लिग (एनएसएल) फुटबलमा सोमबार साविक विजेता काठमाडौं रेजर्स र साविक उपविजेता धनगढी एफसीबीच प्रतिस्पर्धा हुँदैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ बजे शुरु हुनेछ।

जारी लिगमा धनगढी पाँच खेलबाट ११ अंक जोडेर शीर्ष स्थानमा छ। साविक विजेता काठमाडौं पाँच खेलबाट ८ अंक जोडेर चौथो स्थानमा छ।

धनगढी काठमाडौंसँग पहिलो सिजनको उपाधि भिडन्तमा हारेको बदला लिन र शीर्ष स्थानको अंक दूरी बढाउने लक्ष्यसहित मैदान उत्रिँदैछ।

काठमाडौं रेजर्स भने धनगढीलाई पराजित गर्दै अंक बराबरी गर्ने लक्ष्यमा छ।

हाल ६ खेलबाट ११ अंकसहित पोखरा थण्डर्स दोस्रो र समान ६ खेलबाट १० अंकसहित ललितपुर एफसी तेस्रो स्थानमा छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *