खेलकुद

पाकिस्तान र भारतलाई हराउदै युएई र बंगलादेश यू-१९ एशिया कपको फाइनलमा

काठमाडौँ । युएई र बंगलादेश जारी एसीसी यू-१९ एशिया कपको फाइनलमा पुगेका छन् । शुक्रबार भएको सेमिफाइनलका खेलमा युएईले पाकिस्तानलाई र बंगालदेशले भारतलाई पराजित गर्दै फाइनलमा पुगेका हुन् ।

आयोजक समेत रहेको युएईले पाकिस्तानलाई ११ रनले पराजित गरेको थियो । युएईले दिएको १९४ रनको लक्ष्य पछाएको पाकिस्तानले ४९.३ ओभरमा अल आउट हुदै १८२ रन मात्र बनाएपछि युएईले खेल ११ रनले जितेको थियो ।

त्यस्तै अर्को सेमिफाइनलमा बंगलादेशले भारतलाई ४ विकेटले परजित गरेको हो । भारतले दिएको १८९ रनको लक्ष्य पछाएको बंगलादेशले ४२.५ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।

योसँगै भारत र पाकिस्तान सेमिफाइनलमा पराजित हुदै एशिया कपबाट बाहिरिएका छन् भने फाइनलमा आइतबार युएई र बंगलादेशको भिडन्त हुने छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *