कर्णाली प्रदेश

कर्णाली प्रदेशमा करारमा २७ चिकित्सकको माग

काठमाडौं । कर्णाली प्रदेश सरकारले करारमा नवौँ तहका २७ चिकित्सक माग गरेको छ। बिहीबार प्रदेशको सामाजिक विकास मन्त्रालयले एक सूचना जारी गर्दै करारमा चिकित्सकहरूको माग गरेको हो। कर्णाली प्रदेशका विभिन्न आठ वटा जिल्लाका लागि स्वास्थ्य सेवातर्फ नवौँ तहका २७ जना चिकित्सकहरू माग गरिएको छ।

सामाजिक विकास मन्त्रालयका अनुसार मन्त्रालय कर्णाली प्रदेश मातहतका स्वास्थ्य सेवा कार्यालयहरूमा रिक्त रहेका विभिन्न प्राविधिक पदहरूका लागि विज्ञापन गरिएको हो ।मन्त्रालयका अनुसार मुगुमा तीन, कालीकोटमा दुई, रुकुमपश्चिमा तीन, सल्यानमा दुई, दैलेखमा छ, जाजरकोटमा पाच, डोल्पामा तीन र हुम्लामा तीन गरि जम्मा २७ कोठा रहेका छन्।

यस्तै, कन्सल्टेन्ट जनरल सर्जन, कन्सल्टेन्ट अर्थोपेडिक सर्जन, कन्सल्टेन्ट एनेस्थेसियोलिष्ट, कन्सल्टेन्ट जनरल फजिसियन, कन्सल्टेन्ट अब्स्ट्रेटिक्स एन्ड गाइनिकोलोजिष्ट र कन्सल्टेन्ट पिडियाट्रिसयिनमा पदमा विज्ञापन गरिएको छ।

यस्तै, उक्त विज्ञापनमा दरखास्त दिने उम्मेदवारहरूले १५ दिनभित्र कार्यालय समयभित्र सामाजिक विकास मन्त्रालयमा दरखास्त दिनुपर्ने छ भने दरखास्त बापत कुनै शूल्क नलाग्ने मन्त्रालयले जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *