बागमती प्रदेश

काठमाडौँमा माइक्रो बसले ठक्कर दिँदा ६ जना घाइते,एक जनाको अवस्था गम्भीर

काठमाडौं । काठमाडौंँ मल अगाडि माइक्रो बसले ठक्कर दिँदा ६ जना घाइते भएका छन् । बुधबार साँझ बौद्ध जोरपाटी रुटमा चल्ने जोरपाटी दीपमाला यातायात प्रालिको बा१ज ६११८ नम्बरको अनियन्त्रित माइक्रो बसले ठक्कर दिँदा बस कुरेर सडक किनारामा बसेका यात्रु घाइते भएका हुन ।

ट्राफिक प्रहरीका अनुसार घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेकाले दुर्घटना लगतै घाइतेलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको छ भने उनीहरूको परिचय खुलिसकेको छैन । अनियन्त्रित माइक्रो बसले आकाशेधारा रत्नपार्क रुटको बा५ख ८४१३ नम्बरको बसको पछाडिको भागमा ठक्कर दिँदा सामान्य क्षति पुगेको छ । माइक्रो बसका चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको ट्राफिक प्रहरीले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *