काठमाडौं । कोशी नाम खारेजी र पहिचान स्थापनाको लागि यस संघर्ष समितिले आव्हान गरेको आन्दोलनबाट १९ जना पक्राउ परेका छन् । बुधबार धनकुटा ,संखुवासभा र भोजपुरको संगम स्थल लेगुवाबाट देहायका पहिचानबादी १९ जना पदर्शनकारी पक्राउ परेका हुन् ।
शान्तिपूर्ण रुपमा बसिरहेका आन्दोलनकारीहरुलाई सरकारले निरकुश तरिकाले पक्राउ गरेको भन्दै संघर्ष समिति पक्राउ गरिएका नेताहरुलाई तुरुन्त रिहा गर्न र रिहाइ नगरीए प्रदेस न .१ अनिश्चितकालिन बन्द हुने चेतावनी दिएका छन् ।
मंगसिर २७ गते लेगुवाघाट बाट पक्राउ परेका नेताहरुमा उद्दवमणि राइ – किराया धनुकटा अध्यक्ष , कमल तिगेला –कियाचु धनकुटा अध्यक्ष , बिरेन्द्र खारा – संखुवासभा संयुक्त संघर्ष समिति अध्यक्ष ,उमा चाम्लिङ राइ – किराया संखुवासभा सचिब , जितेन्द्र माङपाङ राइ – किराया पाख्रिबास अध्यक्ष लगायत ९ जना पक्राउ परेका छन् ।
्र
यस्तै मंगसिर २६ गते खोटाङबाट पक्राउ गरिएका नेताहरुमा भू .पु .मन्त्रि गोपाल किराती , जसपा नेता राजेस राइ गन्धमान राइ ,विजय राइ , उदिम रार्इ पक्राउ परेका छन् । यस्तै भोजपुरबाट पक्राउ पर्नेमा बिदुर राइ –किराया भोजपुर जिल्ला अध्यक्ष , मीना राइ –जसपा प्रदेस सदस्य , दिनेस राइ – जसपा जि.सदस्य तथा युवा इन्चार्ज , पनन राई रहेका छन् भने झापाबाट पक्राउ पर्नेमा पाण्डव लाल चौधरी –संयोजक रहेका छन् ।




