देश

विभागको महानिर्देशक जिम्मेवारी लिएका दाहालको कार्यकालमा २ मेनपावरको लाइसेन्स खारेज

काठमाडौं । वैदेशिक रोजगार विभागबाट श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा सरुवा भएका मदन दाहालले महानिर्देशकको जिम्मेवारीमा ७ महिने कार्यकालमा गरेका विवरण सार्वजनिक गरेका छन् ।

उनले वैदेशिकर रोजगार विभागको महानिर्देशकको रुपमा रहदाँ २ वटा मेनपावर व्यवसायीको लाइसेन्स खारेज गरेका थिए । एक मेनपावर व्यवसायीको कारबाही भने फिर्ता भएको छ । श्रममन्त्री शरतसिंह भण्डारी समक्ष पुनरावलोकनका लागि परेको निवेदनमाथि छानबिन गर्दै लाइसेन्स खारेजीको निर्णय बदर गरेका हुन् ।

३२ वटा नयाँ मेनपावर कम्पनी दर्ता गर्दै दाहालले १६ मेनपावर व्यवसायीलाई निलम्बन गरेका छन् । दाहालको कार्यकाल अवधिमा मेनपावर व्यवसायीबाट ठगिएको भन्दै २६९ उजुरी परेका थिए । जसमा १६२ मिलापत्र गराइएको छ । मेनपावर व्यवसायीबाट ठगी वापत २ करोड ९२ हजार ६१३ रुपैयाँ क्षतिपूर्ति पीडितलाई भुक्तानी गराइएको थियो ।

त्यस्तै व्यक्तिगत रूपमा ठगीको भन्दै ५९२ उजुरी परेका छन् । जसमा २३ करोड २७ लाख ९७ हजार रुपैयाँ क्षतिपूर्ति दाबी गरिएको थियो । ६० मुद्दा अदालतमा दर्ता भएका छन् । भने ६८ मुद्दा मिलापत्र गरिएको छ ।

विभागले इजाजत पत्र प्राप्त संस्था र तालिम प्रदाय संस्थाहरूको दर्ता तथा नवीकरण, नामसारी, ठाउँ सारी, वैदेशिक रोजगारीको सिलसिलामा ठगी परेका, अलपत्र परेका, सम्झौता बमोजिम काम र तलब सुविधा नपाएका कामदारहरूको सम्बन्धमा विभागले उच्च निगरानी राख्दै आएको उनको भनाइ छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *